यसकारण मेडिकल कलेज सरकारी नै अब्बल

५ बर्ष अगाडि

काठमाडौं-थप मेडिकल कलेज खोल्ने/नखोल्ने विषय हाल भएका निजी मेडिकल कलेजमा पढेका विद्यार्थीको अवस्था हेर्दा पनि स्पष्ट हुन्छ । यही अवस्थामा थप मेडिकल कलेज खोले काउन्सिलको परीक्षामा विद्यार्थीको पास दर थप निराशाजनक हुने छ ।

निजीको तुलनामा सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीको पासदर राम्रो देखिन्छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र आइओएममा अध्ययन गर्ने विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक कक्षाको बढी अवसर पाउँछन् ।

सरकारी मेडिकल कलेजमा पढेका विद्यार्थीले इमर्जेन्सी, ओपिडी, वार्डमा जहाँ गए पनि निरन्तर बिरामी हेरिरहेका हुन्छन् । जति बिरामी हेर्छन्, पढ्छन्, अनुगमन गर्छन् त्यसका साथै विशेषज्ञ चिकित्सकको कुरा सुन्छन् ।

त्यस्ता विद्यार्थीले धेरै ज्ञान हासिल गरिसकेका हुन्छन् । तर, निजी मेडिकल कलेजमा पूर्वाधार, प्राध्यापन समूह र उपकरणको स्थिति नाजुक छ । त्यसैले अभिभावकको पैसा त लगानी हुन्छ, विद्यार्थीले सिक्न पाउँदैनन् । त्यसैले, अहिले विद्यार्थी मात्र होइन, भोलि बिरामी ठगिन्छन् । अर्जुन अधिकारीले अाजकाे नयाँ पत्रिका दैनिकमा खबर लेखेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया