ट्रम्पले दिए इमरान खानलाई ‘धन्यावाद’

४ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यावाद दिएका छन् ।

टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री खानले तालिबानले पश्चिमी देशका बन्धकलाई रिहा गरिनु सकारात्मक प्रगति भएको बताउँदै रिहा गरिएका बन्धकहरु सुरक्षित रहेको भन्दै खुसी व्यक्त गरेका थिए ।

हालै तालिबान र अफगानिस्तान सरकारले एक अर्काको कब्जामा रहेका बन्दी रिहा गर्न साटासाट गरेका थिए । सो क्रममा तालिबानले एक अमेरिकी र एक अस्ट्रेलियाका बन्दीलाई समेत छाडेका थिए । उनीहरु लामो समयदेखि तालिबानको कब्जामा रहँदै आएका थिए ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले यो सकारात्मक कामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुसी व्यक्त गरेको र प्रधानमन्त्रीलाई धन्यवाद दिएको उल्लेख गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले अफगानिस्तानमा शान्ति स्थापनाका लागि पाकिस्तानको प्रतिबद्धता दोहो¥याए । ट्रम्पसँगको टेलिफोन कुराकानीमा दुई नेताबी साझा लक्ष्य हासिल गर्नका लागि एकसाथ काम गर्ने सहमति बनेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया