१० दिनमा दुई पटक गर्भधारण, डाक्टरसमेत चकित

५ बर्ष अगाडि

 अष्ट्रेलिया मूलकी केट हिललाई केही वर्ष पहिले डाक्टरले उनले कहिले पनि गर्भधारण गर्न नसक्ने बताएका थिए । तर केट अहिले दुई जुम्ल्याहा छोरीकी आमा बनिसकेकी छिन् ।

यसमा अचम्म लाग्दो कुरा के छ भने केटले आफ्ना जुम्ल्याहा छोरीलाई एकैपटक गर्भधारण नभई १० दिनको अन्तरालमा गर्भधारण गरेकी हुन् ।

योभन्दा पहिले केटाले गर्भधारणका लागि ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ नामक हर्मोन सम्बन्धि समस्याको उपचार गराइरहेकी थिइन् । तर गर्भधारण गरेको १० दिनभित्र असुरक्षित यौन सम्पर्क गरेपछि दोस्रोपटक गर्भाधान गरेकोमा डाक्टरसमेत अचम्मित छन् ।

डाक्टरलाई मान्ने हो भने, यदि महिलाले दुई अण्डकोष तयार गरिन् वा गर्भधान गरिसकेको अण्डकोष दुई भाग भए मात्र यस्तो सम्भव छ ।

अहिले केटका दुबै छोरीहरु शार्लेट र ओलिविया स्वस्थ छन् । दुबैको जन्म १० महिना पहिले भएको थियो ।

अहिलेसम्म संसारभरी यस्तो अचम्मको केस केटलगायत अन्य ९ महिलाहरुको मात्र दर्ता गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया