विवाह गर्नुभएको छैन ? गाउँपालिकाले निकाल्यो बिहे गर्दिने सुचना

४ बर्ष अगाडि

सुनसरीको कोशी गाउँपालिकाले अनौठो आवेदन खुलाएको छ।
गाँउपालीकाले जागीर वा विकासको आयोजना सँचालन गर्न भने आवेदन खुलाएको हैन बरु गाउँपालिकाले विवाह गर्न इच्छुकहरूको लागी आवेदन खुलाएको हो।

२० वर्ष पूरा भएकाहरूले आर्थिक अभावकै कारण विवाह गर्न पाएका छैनन् भने अब गाउँपालिका सहयोगी बन्ने भएको हो। तर यो सुविधा सबैले पाउने छैनन्।
गाउँपालिका भित्रका विपन्न वर्गले यो सुविधा लिन सक्नेछन । ईच्छुक व्यात्ति वा अभिभावकले मंसिर १७ गतेभित्र नाम दर्ता गराउन पनि आग्रह गरेको छ ।


इच्छुक वा उनका अभिभावकले घर नजिकको वडा कार्यालय वा गाउँपालिकाको सामाजिक विकास शाखामा नाम दर्ता गराउन सक्ने गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाले विवाह आयोजना मात्रै नगरी खर्च पनि जुटाईदिने भएको हो । गाउँपालिकाले विवाहमा सहयोग गर्नका रु. १५ लाख बजेट नै छुट्याईएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया