ऋण दिन नपाएकोमा किन रिसाए बैंक, यसो भन्छन् जलविद्युत् कम्पनीका मालिक

४ बर्ष अगाडि

ताप्लेजुङमा निर्माण हुन लागेको ४९ मेगावाटको मध्य मेवा अर्द्धजलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न नपाएकोमा बैंकहरुले गुनासो गरेको पत्ता लागेको छ ।

हिमालयन बैंकको नेतृत्व र इन्फ्रास्ट्रक्चर बैंकको सह नेतृत्वमा निर्माण हुन लागेको परियोजनामा अरु बैंकले चित्त दुखाइ गरेको बिहिबारको एक कार्यक्रममा नै जानकारी दिइयो ।

ऋण सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै सिइ कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष विजय राजभण्डारीले बैंकले लगानी गर्न नपाएको गुनासो गरेको बताए । उनले पत्रकार माझ भने धेरै बैंक म सँगथ रिसाए । उनीहरु यो आयोजनामा लगानी गर्न चाहन्थे ।

कैल ६ वटा बैंकले रु ६ अर्ब ९५ करोड ऋण लगानी गर्ने सम्झौता गरिसकेका छन । आयोजनाको कुल लागत रु ९ अर्ब २६ करोड रहेकोमा बाँकी रकम स्वपूँजीबाट संकलन गरिएको छ ।

सिइ कन्स्ट्रक्सन पार्टनर रहेको ऊर्जा डेभलपर्स कम्पनीले प्रवर्द्धन गरिरहेको आयोजनमा हिमालयन र इन्फ्रास्ट्रक्चर बैंकका अलवा नेपाल एसबिआइ बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सानीमा बैंकले समेत ऋण लगानी गरेका छन ।

आयोजनामा हिमालयन बैंक र ईन्फ्रास्ट्रक्चर बैंकको समान रु एक अर्ब ५० करोड, कुमारी बैंकको रु एक अर्ब २५ करोड ,एसबिआइ बैंक र एनसिसी बैंकको समान रु एक एक अर्ब र सानिमा बैंकको रु ६९.५ करोड ऋण लगानी रहेको छ ।

निर्माण लागत घटाउने र समयमै निर्माण पूरा गर्ने दृढ अठोटकै कारण कुनैपनि आयोजना समयभन्दा १ दिन पनि ढिला नहुने माई डेभलपसले जानकारी दियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया