सार्क क्षेत्रमा व्यावसायिक लेखा निकायहरूको छाता संगठनद्वारा सिटिजन्स बैंक पुरस्कृत

४ बर्ष अगाडि

सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठन ‘साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट’ (साफा) ले नेपालको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई पुरस्कृत गरेको छ । 

बंगलादेशको ढाकामा आयोजित एक समारोहमा बैंकलाई ‘साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड एण्ड सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजरस २०१८’ बाट पुरस्कृत गरेको हो । 

‘प्राइभेट सेक्टर बैंक’ विधामा बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । 

साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।

साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।

साफाद्वारा बैंक लगातार तिन वर्ष देखि पुरस्कृत हुदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया