चुनाव हारेपनि सिके राउत उत्साहित

४ बर्ष अगाडि

जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनको परिणामलाई उत्साहजनक भएको बताएका छन् ।

यद्यपिउनको पार्टीले लज्जास्पद पराजय बेहोरेको छ । 

पहिला आफ्ना पार्टीका ६ जनासमेत नभएको स्थानमा ६०० मत हासिल गरेको भन्दै उनले उपनिर्वाचनमा आफ्नो पार्टीले ल्याएको परिणामलाई स्वीकार गरेका हुन् ।

सोमबार उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘के पिपरामा मनोनयनको एक महिना अघिसम्म हाम्रा पक्षमा ६ जना खुलेर आउने अवस्था थियो ?’ पिपराको कुनै वडा र टोलमा आफ्नो पार्टीको स्थानीय

समितिसमेत नरहेको अवस्थामा उपनिर्वाचनमा आएको मत उत्साहजनक रहेको उनको भनाइ छ ।

उनले पार्टीको सदस्यता वितरण, समिति निर्माणजस्ता गतिविधिलाई प्राथमिकतामा राखेर दैनिक रुपमा मेहनत गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया