आरम्भ लघुवित्तको साधारणसभा पौष ९ गते, लाभांश कति ?

४ बर्ष अगाडि

काठमाडौं – आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडको पाचौं बार्षिक साधारणसभा आगमी पौष ९ गते हुने भएको छ । बनेपाको पञ्चकन्या बेन्क्वेटमा बिहान ११ बजेदेखि साधारण सभा सुरु हुने बताइएको छ । 
साधारण सभा प्रयोजनको लागि लघुवित्तको आगमी मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज हुनेछ, जसअनुसार मंसिर २६ गतेसम्म कायम कायम शेयरधनी उक्त साधारणसभामा सहभागी हुन सक्ने छन् । २७ गते शुक्रबार र २८ गते गते शनिबार परेकाले २७ गते शेयर कायम राख्नुपर्ने हुन्छ । लघुवित्तको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड छ । 
बिशेष गरि साधारण सभामा मर्जर सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी छ । यस्तै, गत आवको मुनाफाबाट ७.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिदै छ ।
आरम्भले चौतारी लघुवित्त वित्तिय संस्थासँग मर्ज हुने तयारी गरेको  । मर्जपछ आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था नामबाट एकीकृत कारोबार सुरु गर्ने बताइएइको छ । शेयर शेयर स्वामित्वमा संस्थापक तर्फ ६३.६६ र साधारणतर्फ ३६.३४ प्रतिशत कायम गर्ने सहमत भइसकेको छ । 
आरम्भको हाल चुक्तापुँजी रू. ६ करोड छ । बोनश शेयर वित्तरण पछि त्यो ६ करोड ४४ लाख रुपैयाँ पुग्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया