नयाँ कम्पनी युनियन लाइफले १६ कम्पनीलाई पछाडी पार्यो, पहिलो नम्बरमा नेपाल लाइफ नै

४ बर्ष अगाडि

काठमाडौं – जीवन बीमा कम्पनीहरूले चालु आवको पहिलो चौमासमा प्रथम बीमाशुल्क बापत रू. ७ अर्ब ६० करोड संकलन गरेका छन् । यो बर्ष थप भएका नयाँ बीमितले तिरको पहिलो किस्ता बापत यतिका रकम संकलन भएको हो ।

बीमा समितिबाट प्राप्त चौमासिक तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार सबैभन्दा बढी प्रथम बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । नेपाल लाइफले रू. २ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले समिक्षा अवधीमा रू. ८३ करोड प्रथम बीमाशुल्क उठाएको छ । यस्तै, तेस्रो स्थानमा दुई बर्ष अघि मात्रा सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स रहेको छ । युनियन लाइफले यस अवधीमा रू. ५९ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । 
प्रथम बीमा शुल्क संकलन गर्ने बिषयमा युनियन लाइफले अन्य ९ नयाँ कम्पनी सहित ७ वटा पुराना कम्पनीलाई पनि पछि पारेको छ । 

हाल नेपालमा १९ जीवन बीमा कम्पनी छन् । त्यसमा १० ओटा कम्पनी पछिल्लो दुई बर्षका बीचमा थपिएका थिए । 

नेशनल लाइफ इन्स्योरेन्सले यस अवधीमा रू. ५७ करोड प्रथम बीमाशुल्क उठाएर आफुलाई चौथो स्थानमा राख्न सफल भएको छ । यस्तै, पाँचौ नम्बरमा रहेको मेट लाइफले ४३ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ ।

कुन बीमा कम्पनीको कति प्रथम बीमाशुल्क

रिलायवल नेपाल लाइफ  – रू. ३६ करोड 
एशियन लाइफ – रू. ३३ करोड 
सिटिजन लाइफ – रू. ३० करोड
प्राईम लाइफ – रू. २७ करोड
ज्योति लाइफ – रू. २५ करोड 
सूर्या लाइफ – रू. २४ करोड 
सन नेपाल लाइफ –  रू. २० करोड
रिलायन्स लाइफ –  रू. २१ करोड 
गुराँस लाइफ –  रू. १३ करोड
सानिमा लाइफ –  रू. १३ करोड 
महालक्ष्मी लाइफ –  रू. १२ करोड
प्रभु लाइफ – रू. ११ करोड 

यसका अलावा राष्ट्रिय बीमा संस्थान र आईएमई लाइफले यस्तो विवरण बीमा समितिमा बुझाएका छैनन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया