खेलाडीको दाँत जाँच्न केडिसीको टोली रंगशालामा

४ बर्ष अगाडि

१३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा डेन्टल सर्भिसको जिम्मेवारी बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल (केडीसी)ले पाएको छ ।

सागका लागि केडीसीले मोवाइल डेन्टल भ्यान सहितको चिकित्सकको टोली दशरथ रंगशालामा खटिइरहेको छ । टोलीले सागमा सहभागी खेलाडी तथा प्रशिक्षकहरुको मुख तथा दन्त उपचार सेवा प्रदान गर्नेछ ।

प्रतियोगितामा मेडिकल टिमसँगै डेन्टल टीम पनि राखिएको र त्यसको जिम्मेवारी केडीसीले पाएको केडिसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।

केडीसीले भ्यानका साथमा डेन्टल सर्जन डा। हरिप्रसाद ओली, डा। कृति राई, डा। सृष्टि नापित, डेन्टल हाइजनिस्ट डीएच भण्डारी लगायत सात जनाको टोली खटाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया