मिस  वर्ल्डमा अनुष्काः  भिजीट नेपालको प्रचारसँगै सगरमाथा र बुद्धको देश भनेर विश्वमा यसरी चिनाउँदैछिन् नेपाल

मंसिर १७, २०७६ | आजको अर्थ
ajaako_artha

लन्डन –  मिस नेपाल अनुष्का श्रेष्ठ अहिले मिस वल्ड प्रतियोगिताको लागि लन्डनमा हुनुहुन्छ । लन्डनमा मिस वल्डको लागि तयारी गरिरहनु भएको अनुष्का अहिले नेपाललाई विश्वमा चिनाउने कार्यमा सक्रिय हुनुहुन्छ ।  जसमा नेपाल सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर विश्वभरीका सुन्दरीलाई चिनाउने कार्यमा अहोरात्र खटिरहनु भएको हो । साथै अनुष्काले भिजीट नेपालको लागि १ सय २५ देशलाई निम्त्याउँदै हुनुहुन्छ । मिस वल्डमा सहभागि अनुष्काले भिजीट नेपालको लागि विश्वभरीबाट सहभागिहरुलाई निमन्त्रण गर्दै निम्त्याउन लागिपर्नुभएको हो ।

नेपाल सरकारले भिजीट नेपाल २०२० मनाउन लागिरहेको बेला लन्डनमा रहनु भएको अनुष्काले विश्वभरिका सबैलाई निमन्त्रण दिने क्रम जारी राख्नुभएको हो । मिस वल्ड नेपालको फेसबुकमार्फत अनुष्काले लाईभ गर्नुहुँदै विश्वभरिबाट सहभागि सुन्दरीहरुलाई भिजीट नेपालको लागि आग्रह गर्नुभएको हो ।

अनुष्काले भिजीट नेपालको लागि नेपालको झन्डा राखिएको भिजीट नेपालको प्रचार प्रसार बाँडिरहनु भएको छ । साथै अनुष्काले विश्वभरिका सुन्दरीलाई नेपाल चिनाउँदै नेपाललाई कहिल्यै बिर्सन नसक्ने गरि चिनो प्रदान गरिरहनु भएको हो ।

यही डिसेम्बर १४ तारिखमा हुन गइरहेको मिस वल्ड प्रतियोगिताको लागि विश्वभरीबाट करिव १ सय २५ देशको सहभागिता रहेको छ । मिस वल्डमा सहभागि अनुष्का यतिखेर मिस वल्डको आन्तरिक गृहकार्यमा ब्यस्त हुनुहुन्छ । अनुष्काले सबैमा सहयोगको लागि आग्रह समेत गर्नुभएको छ । यस पटक मिस वल्डमा नेपालको बलियो उपस्थिति देखिएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७