पुरुष फुटबलमा नेपालको सानदार सुरुवात

४ बर्ष अगाडि

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गरे । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि तीन गोल गरेको थियो ।

खेलको पाँचौँ मिनेटमा कप्तान सुजलले पहिलो गोल गरेका थिए । खेलको ५१औँ मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि नेपालका लागि ६६औँ मिनेटमा अभिषेकले तेस्रो तथा खेलको ७८औँ मिनेटमा मिक्छेनले चौथो गोल गरेका थिए ।    

४ बर्ष अगाडि

प्रतिक्रिया