महिला भलिबलमा नेपाल रजतमै सिमित

४ बर्ष अगाडि

नेपाल महिला साग भलिबलमा रजतमै सिमित बनेको छ ।

राखेप कभर्डहलमा मंगलबार भएको फाइनलमा भारतसँग ३–२ को सेटमा हराजित हुँदै नेपालले रजत जित्यो ।

स्वर्णका लागि नेपालले भारतलाई कडा टक्कर दिएपनि अन्तिम सेटमा मार खायो । नेपालले पहिलो पटक रजत जितेको हो ।

पहिलो सेट २५–१७ गुमाएको नेपाले दोस्रो सेटमा २५–२३ को जित निकालेको थियो । तेस्रो सेट नेपालले २५–२१ ले अगाडी रह्यो ।

चौथो सेटमा नेपाल फेरि २५–२० पछि पर्यो ।

पाँचौ तथा अन्तिम सेटमा नेपाल १५–६ ले पछि परेको थियो ।

साग नेपाली भलिबलको इतिहासमा यो पहिलो रजत पदक हो ।

यसअघि नेपाली महिला भलिबल टोलीले सागमा तीन पटक कांस्य जितेको थियो ।

नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य जितेको थियो ।

नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया