मलेसियाबाट दुई महिनामा ३१ हजार श्रमिक माग

४ बर्ष अगाडि

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसियाबाट पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार २०१ श्रमिकका लागि माग आएको छ । गत अक्टोबर र नोभेम्बरमा त्यो सङ्ख्याको मागपत्र प्रमाणीकरण गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार सो अवधिमा माग भएका ३१ हजार २०१ श्रमिकमध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्रमा १७ हजार ११६ वटा माग आएको छ भने सबैभन्दा कम निर्माण क्षेत्रमा एक हजार ३० वटा माग आएको दूतावासले जनाएको छ । यस्तै दूतावासका अनुसार सेवा क्षेत्रमा १० हजार १८३ वटा माग आएको छ भने कृषितर्फ एक हजार ४७५ वटा माग आएको छ । नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र बमोजिम राजदूताबासबाट सन् २०१९ को अक्टोबर महिनाको पहिलो हप्तादेखि मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका माग पत्र अभिलेखीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने कार्य भइरहेको छ । गोरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया