रिडीको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागी मंसिर १९ गते बाट बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीहरुले मात्र बोनस पाउने भएका हुन ।

यस अघि कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।२६ प्रतिशत नगद लाभांश सहित ५।२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

हाल ५३ करोड ११ लाख १८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपश्चात पूँजी  ५५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया