४० प्रतिशत लाभांश पारित गर्न स्वावलम्बनले डाक्यो साधारणसभा

४ बर्ष अगाडि

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो १८ औं वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाले प्रस्ताव गरेको गत आवको लाभांश पारित गर्न उक्त सभा बोलाएको हो ।

संस्थाले २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त लाभांश पारित गर्न संस्थाले  पुस २० गते विहान ११ बजे एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा  आफ्नो १८ औं वार्षिक साधारणसभा बोलाएको छ ।

हाल ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ चुक्तापूँजी रहेको छ संस्थाको बोनस शेयर पश्चात पूँजी ७९ करोड २३ लाख ९९ हजार पुग्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया