बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल पक्का, भोली औपचारिक घोषणा

४ बर्ष अगाडि

काठमाडौं – नेपाल बैंकर्स संघको आगमी अध्यक्ष सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्का भएका छन् । बैंकर्स संघले भोलि (बिहीबार) साधारणसभा तथा नयाँ कार्य समितिका लागि अधिवेशन गर्दैछ ।
नयाँ कार्यकारी समितिका लागि मंगलबार उम्मेदवारी दर्ता दिने अन्तिम दिन थियो । तर, मंगलबारसम्म अध्यक्ष पदमा भुवन दाहालको मात्रा उम्मेदवारी परेको संघको भनाइ छ, जसअनुसार उनी अब स्वत अध्यक्ष हुने बाटो खुलेको हो ।
अधिकांशका बैंकका सीईओहरूको अनुरोधमा नै अध्यक्षमा उम्मेदवारी दिएको दाहालको भनाइ छ । यसअघि जनता बैंकका सीईओ पशुराम कँुवर क्षेत्री वा हालकै अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगनालाई नै अध्यक्ष बनाउने चर्चा हुँदै आएको थियो । तर, अन्तिम समयमा आएर दाहाल अध्यक्ष हुने भएका छन् । दाहाल यसअघि दुई पटकसम्म संघको कार्य समिति सदस्य भइसकेका छन् । 
यस्तै, उपाध्यक्षमा नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागर हुने पक्का भएको छ । उनी अहिले पनि सोही पदमा रहेका छन् । हालसम्म उपाध्यक्षलाई नै अध्यक्ष बनाउने संघको भित्री रणनीति थियो । तर, भटनागर भारतीय नागरिक भएकाले समस्या हुने देखिएपछि नयाँ विकल्प खोजिएको हो । भटनागर पनि सोही पदमा बस्न सहमत भएका छन् । 
यस्तै, सदस्यहरुमा नेपाल बैंकका सीईओ कृष्णा बहादुर अधिकारी, सनराइजका सीईओ जनक शर्मा पौडेल, एनएमबी बैंकका सीईओ सुनील केसी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, एनसीसी बैंकका सीईओ रमेशराज भट्ट, सिभिल बैंकका सीईओ गोविन्द गुरूङ र सुमन शर्माले उम्मेवारी दिएका छन् । बिहीबार हुने साधारणसभामा नयाँ कार्य समितिको औपचारिक घोषणा गरिने संघको भनाइ छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया