गणपतिको शेयरमूल्य नेप्सेमा समायोजन

४ बर्ष अगाडि

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। 

संस्थाले प्रस्ताव गरेको गत आवको बोनसमा नेप्सेले शेयरमूल्य समायोजन गरेका हो । 

संस्थाले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

शेयरमूल्य समायोजन पछि नेप्सेले माइक्रोफाइनान्सको प्रतिकित्ता ४६२ रुपैयाँ ६२ पैसा कायम गरेको छ।

१० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको बोनस वितरणपछि पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया