पर्यटन बोर्डको सीईओका लागि आवेदन खुल्यो

४ बर्ष अगाडि

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन खुलेको छ । 

सीईओ नियुक्तका लागि गठन गरिएको उपसमितिले नयाँ सीईओ हुन ईच्छुकबाट आवेदन मागेको हो । 

बुधबार सार्वजनिक सूचना निकाल्दै उपसमितिले आजको मितिबाट २१ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ ।

सीईओका लागि ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ ।

बोर्डका सीईओ दिपकराज जोशीको कार्यकाल आगामी पुस ९ गते सकिँदैछ । 

उनी २०७२ पुसमा सीईओ नियुक्त भएका थिए । पर्यटन बोर्डमा सीईओको कार्यकाल ४ वर्षको हुन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया