१० हजार मिटर दौडमा भारतलाई स्वर्ण, नेपाललाई कास्य

४ बर्ष अगाडि

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा भारतले स्वर्ण पदक जितेको छ । 

भारतका खेलाडी सुरेश कुमारले निर्धारित दूरी २९ मिनेट ३३.६१ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक जितेका हुन् । 

यस प्रतिस्पर्धामा श्रीलंकाले रजत पदक जितेको छ भने नेपालले कास्य पदक हात पारेको छ । 

श्रीलंकाका स्वरणले ३० मिनेट ४९.३० सेकेण्डमा निर्धारित दूरी पार गर्दा नेपालका दीपक अधिकारी थोरै समयले चुके । 

दीपकले निर्धारित दूरी  ३० मिनेट ५०.० सेकेण्डमा पूरा गरेका हुन् ।

यसअघि मंगलबार भएको महिला तर्फको १० हजार मिटर स्पर्धामा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया