तीनदिनभित्र उप निर्वाचनकाे समिक्षात्मक रिपाेर्ट पठाउन मातहतका कमिटीलाइ नेकपाकाे निर्देशन

४ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उप निर्वाचनको समिक्षात्मक रिपोर्ट तीन दिनभित्र पठाउन सम्बन्धित स्थानीय कमिटिलाई निर्देशन दिएको छ । 

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको सचिवालय बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो । 

निर्वाचन सम्पन्न भएका सबै जिल्लामा सम्बन्धित महानगर, उपमहानगर, गाउँपालिका र वडामा समिक्षा गरेर तीन दिन भित्र पार्टी केन्द्रिय कार्यालयमा रिपोर्ट पठाउन निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

निर्वाचनको औपचारिक समिक्षाका लागि आगामी मंसिर २३ गते बस्ने सचिवालय बैठक बस्ने पनि उनले बताए । 

विहान ९ बजे धुम्बाराहीमा बस्ने सो बैठकले संगठनात्मक एकीकरणका बाँकी काम, निर्वाचनको औपचारिक समिक्षा, पार्टीको कार्ययोजना तय गर्ने र स्थायी कमिटी तथा केन्द्रिय कमिटी बैठकको विषयमा पनि निर्णय गर्ने श्रेष्ठको भनाई छ । 

आजको बैठककाे शुरूमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यअवस्थाबारे जानकारी गराएका थिए ।

बैठकले प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको प्रवक्ता श्रेष्ठले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया