मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ अभियानः २०% क्यास व्याकको अफर

४ बर्ष अगाडि

काठमाडौं – लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ अभियान सञ्चालनमा ल्याएको छ । नेपालको बैंकिङ प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने उद्देश्य सहित बैंकले यो अभियान सञ्चालनमा ल्याएको हो । 
यस अभियानमा हाल सम्म बैंकको मोवाईल बैंकिङ मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटीसी, एनसेल र स्मार्टमा पहिलो पटक टपअप गर्दा रकम २० प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्ने बताइएको छ । 
यो अभियान २०७६ मंसिर १५ गते देखि नै लागू भइसकेको छ । आमगी फाल्गुन १४ गते सम्म यो अभियान संचालन हुने बताइएको छ । हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झट बाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरूङले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया