बजाजका ६ मोटरसाईकलको मूल्य बढ्याे, कुनको मूल्य कति ?

४ बर्ष अगाडि

बजाज कम्पनीले नेपालमा बिक्री हुने ६ प्रकारका मोटरसाइकलको मूल्य बढाएकाे गरेको छ । 

नेपालको आधिकारिक विरतक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मूल्य परिमार्जन भएकाे जनाएकाे हाे । 

मूल्य बढेसँगै बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिनाको मूल्य एक हजार बढेर १ लाख ६५ हजार  ९ सय रुपैयाँ पुगेको छ । 

बजाजले डिस्कभर १२५ को ड्रम र डिस्क भेरियन्टको मूल्य पनि बढाएको छ ।   

१२५ ड्रमको मूल्य चार हजारले बढेर   १ लाख ८७ हजार ९ सय र डिस्क भेरियन्टको तीन हजार बढेर १ लाख ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै कम्पनीले डिस्कभर एसटीमा तीन हजार,  पल्सर १५० र सोही रेन्जको टिडीमा २ हजार बढाएको छ । 

अरु मोडलका मोटरसाइकलको मूल्यभने यथावत रहेको कम्पनीले जनाएको छ । 

तर कम्पनीले डोमिनार भने नेपालमा उत्पादन सुरु गरेसँगै ६० हजार रुपैयाँ मूल्य घटाएको छ ।  

बजाजको पल्सर सिरिज, एनएस सिरिज, एभेन्जर, प्लाटिना, डोमिनार र डिस्कभर लगायत १८ भेरियन्टकाे बिक्री वितरण गर्दै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया