करको दर बढाउदा धरानमा चुनाव हारिएको नेकपाको निष्कर्श, घटाउन निर्देशन

४ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) धरान उपमहानगर कमिटीले करको दर बढाउदा उपनिर्वाचनमा हार्नु परेको निष्कर्श निकालेको छ । 
कमिटीले त्यहाँको संसदिय दललाई करको दर घटाउन समेत निर्देशन दिएको छ । 
करको दर उच्च मात्रामा बढाउदा जनमानसमा नकरात्मक असर परेको र त्यसकैको कारण उपनिर्वाचनमा हार बेहर्नु परेको ठहर गर्दै करका दर घटाउन निर्देशन दिएको हो ।

कम्युनिष्टको किल्ला मानिने धरानमा गएको उपनिर्वाचनमा पहिलोपटक नेपाली कांग्रेसले चुनाव जितेको छ ।

धरान उपमहानगरपालिकाले घरबहाल कर १२ प्रतिशत पुर्‍याएको थियो । अन्य कर पनि छिमेकी स्थानीय तहको तुलनामा धेरै बढी थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया