एलजी ब्राण्डका वासिङ्ग मेसिन नेपाली बजारमा

४ बर्ष अगाडि

काठमाडौं– एल.जी. ब्राण्डका वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने वासिङ्ग मेसिनमा पर्छ । उपभोक्ताको माग ध्यानमा राखि एल.जी.ले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ । 

यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजि छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सहि तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउँछ । 

साथै यसमा ठूलो ड्रमको क्षमता रहेको छ, जसमा धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । र्याक निर्मित भएकोले नाजुक कपडा, कपडाको खेलौना साथै जुक्ताहरु नघुमाईकन सुकाउँदछ । 

ट्रु स्टिम र २ वे टम्बिलिङ टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एल।जीको वासिङ्ग मेसिन सँगै सजिलै जडान गर्न सकिन्छ । 

साथै एल.जी.सँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जसले कपडा धुनुका साथ साथै १००प्रतिशत सुकाउछ । यस वासर ड्रायरको माग यस चिसोको मौसमा बढ्दै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया