ओप्पोका मोवाइलमा ८ हजार सम्म छुट, कुनमा कति छुट ?

४ बर्ष अगाडि

ओप्पोले ‘विइन्टर अफर’ अन्तर्गत आफ्ना मोवाईलमा विषेश छुट दिन लागेको छ । 

ओप्पोले ‘विन्टर अफर’ योजना अन्तर्गत आफ्ना पुराना तथा नयाँ मोडलमा भारी छुट दिने भएको हो । 

चिनीयाँ स्मार्टफोन कम्पनी ओप्पो विश्व स्मार्टफोन बजारमा चौथो बढि बिक्री हुने ब्राण्ड हो । 

अफर अन्तर्गत ओप्पोले एफ इलाभेन प्रोमा कम्पनीले ९ हजार छुट दिने भएको छ । यसको पहिलेको मुल्य ४७ हजार ९ सय ९० थियो । छुट पछि यसको मूल्य ३८ हजार ९ सय ९० तोकिएको छ । यसमा ६ जिबी ¥याम तथा १ सय २८ जिबी रोम रहेको छ । ओप्पो एफ इलाभेनमा कम्पानीले ५ हजार ५ सय छुट दिने भएको छ । ३५ हजार ४ सय ९० पर्ने यो स्मार्टफोन छुुटपछि उपभोक्ताले २९ हजार ९ सय ९० मै उपभोग गर्न पाउनेछन ।  यसमा ४ जिबी ¥याम र ६४ जिबी रोम रहेको छ ।

त्यस्तै ओप्पोको नयाँ स्मार्टफान ‘ओप्पो ए फाइभमा पनि कम्पनीले छुट दिने भएको छ । यसमा २ हजार ५ सय छुट हुने कम्पनीले जनाएको छ । २७ हजार ९ सय ९० तोकिएकोमा यो स्मार्टफोन ग्राहकले २५ हजार ४ सय ९० मै किन्न सक्नेछन । त्यस्तै ए नाईन मा पनि ग्राहकले छुट पाउनेछन । यसमा ग्राहकले २४ सय छुट पाृने भएका हुन । ३५ हजार ९ सय ९० रुपैँया पर्ने यो स्मार्टफोन छुट पछि ३३ हजार ५ सय ९० मै पाउने छन ।

२०१६ देखि विश्व स्मार्टफोन बजारमा चौथो बढि बिक्री हुने ब्राण्डको रुपमा स्थापीत ओप्पोले बढि क्यामारामा केन्द्रीत भई स्माटफोन उत्पादन गर्दै आएको छ । त्यसैगरी उसले आफ्ना स्मार्टफोनहरु सेल्फी एक्पोर्टको रुपमा चिनाउँदै आएको छ । 

२०१६ देखि नेपालमा ओप्पोले आफ्नो स्मार्टफोनहरु लन्च गरेको थियो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया