जव सुटिङ खेलाडीसँग रहेको २० वर्ष पुराना हतियार पड्किएन

४ बर्ष अगाडि

नेपाली सुटिङ खेलाडीसँग रहेको २० वर्ष पुराना हतियार नपड्किएपछि पाकिस्तानी खेलाडीसँग मागेर खेल्न परेको समाचार पनि छ । बुधबार महिलाको २५ मिटर स्ट्यान्डर्ड पस्तोलमा नेपालकी सीमा तुलाधर पेस्तोल नपड्किएकै कारण लज्जित हुनुप-यो । पहिलो फायरमै सीमाको हतियार चलेन, अन्य देशका खेलाडी आफ्नो खेलमा केन्द्रित हुँदा सीमाले पिस्तोलमा गोली लोड गर्नमै संघर्ष गर्नुप(यो । मंगलबार भएको पुरुषतर्फको २५ मिटर (यापिड फायरमा पनि समस्या उस्तै थियो । तीन नेपाली खेलाडीका लागि एउटा मात्रै हतियार थियो । पहिलो राउन्डको खेलमा विजय कार्की एक्लैले हतियार लिएर खेले । त्यसपछि नेपालका अन्य दुई खेलाडी सुमन तुलाधर र अनिल ठकुरीले एकसाथ प्रतिस्पर्धा गर्नुपर्ने भयो, उनीहरूले बाध्य भएर पाकिस्तानी खेलाडीसँग हतियार मागेर खेले । नयाँ पत्रिकामा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया