तीनदिनसम्म टाटाका गाडीको सर्भिसिङ्ग निःशुल्क, सामग्रीमा विशेष छुट

४ बर्ष अगाडि

नेपालमा टाटा कम्पनीको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालीले तीन दिने ‘ग्लोबल सर्भिस क्याम्प’ गर्ने भएको छ ।

मंसिर १९ देखि २१ गतेसम्म चल्ने क्याम्पमा टाटाका सबै सवारी साधनहरुले निःशुल्क ‘सर्भिसिङ’को सुविधा पाउने छन् ।

कम्पानी गर्न लागेको यो चौथो क्याम्प देशभरीका ५३ ओटा टाटा सर्भिस सेन्टरहरुमा हुनेछ ।

मेलामा टाटाका सावारी साधनहरुको स्पेयर्स पार्टहरु, म्याक लुब्रिकेन्ट, एक्जाइड ब्याट्री र अन्य समाग्रीहरुमा विशेष छुटको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले कम्प्युटर प्रबिधीबाट गाडीको चेकजाँच, गाडीको विद्युतीय प्रणालीको चेकजाँच, ब्याट्रीको परिक्षण, एफआईए परिक्षण, टायर परिक्षण तथा प्रदुषण परिक्षण निःशुल्क गरिदिने पनि बताएको छ ।

तीन दिने मेलामा सहभागी सवारी साधनहरु मध्ये प्रत्येक दिन एक सवारी साधनलाई आकर्षक पुरस्कारद्धारा पुरस्कृत गरिने पनि कम्पनीले जानकारी दिएको छ ।

टाटाका सवारी साधन प्रयोगकर्ताहरुले यो मेलामा सहभागी हुनका लागी ९८०१२२३३०० मा मिस्ड कल गरि आफ्नो सिट दर्ता गर्न सक्ने कम्पनीले बताएको छ ।

मेलामा समाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकहरुको निःशुल्क स्वास्थ्य जाँच तथा आँखा परिक्षण पनि गरिने कम्पनीले बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया