राष्ट्र बैंकले साढे अर्ब निक्षेपमा राख्ने, बैंकहरूले २२ गते सम्म आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आफ्नो बिभिन्न कोषमा रहेको करिब साढे अर्ब बराबरको रकम बैंकहरुको निक्षेपमा राख्ने भएको छ । केन्द्रिय बैंकले आगमी पुस १ गतेदेखि २०७७ मंसिर ३० गतेसम्मका लागि उक्त रकम निक्षेपमा राख्ने भएको छ । 
यसका लागि केन्द्रीय बैंकले आफुले लिन चाहेको रकम र दिन सक्ने व्याजदर तोकेर बैंकहरुलाई आवेदन दिन अनुरोध गरेको छ । आगमी आइतवारसम्म बैंकहरुले शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरेर राष्ट्र बैंकमा बुझाउनु पर्ने बताइएको छ । 
रकम निक्षेपमा लिने बैंकले त्रैमासिक राष्ट्र बैंकलाई व्याज भुक्तानी गर्नुपर्ने छ । राष्ट्र बैंकले ‘क’ बर्गका बैंकमा रू. १ अर्ब १८ करोड ५४ लाख रकम निक्षेपमा राख्ने योजना बनाएको छ । यस्तै, ‘ख’ बर्गका बैंकमा रू. २२ करोड २२ लाख र ‘ग’ ७ करोड ४० लाख निक्षेप राख्ने राष्ट्र बैंकको भनाइ छ ।
यसमा आवेदन बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष हुनुपर्ने छ । कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका शर्तहरु राष्ट्र बैंकले तोकेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया