सुनचाँदीको मुल्य घट्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं – बिहीबार सुनको मुल्य घटेको छ । बुधबार ८०० ले बढेको सुनको मुल्य आज भने २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला रू. ७२ हजार रहेको छ । 
हिजो सुनको मुल्य प्रतितोला रू. ७२ हजार २ सय र मंगलबार रू. ७१ हजार ४ सय रहेको थियो । 
यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको प्रतितोला ८५० मा कारोबार गर्न सकिने महासंघको भनाइ छ । हिजो चाँदीको मुल्य ८६५ रुपैयाँ रहेको थियो । हिजो एकैपटक सुनको मुल्य तोलामा ८ सयले बढेपछि व्यवसायीहरु कारोबार घट्ने बिषयलाई लिएर चिन्तित भएका थिए । तर, आज भने मुल्य घटेपछि व्यवसायीहरु केही आशावादी देखिएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया