सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले साधारण सभा प्रयोजनका लागी मंसिर २० गते बाट बुक क्लोज गर्ने भएकाले आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश पारीत गर्न संस्थाले पुस ११ गते आफ्नो छैठौँ वार्षिक साधारण सभा बोलाएको छ ।
हाल १० करोड चुक्ता पूँजी रहेको लघुवित्तको शेयर वितरण पश्चात पूँजी १३ करोड २० लाख पुग्नेछ।
प्रतिक्रिया