समयमै वित्तीय विवरण प्रकाशन गर्न नसकेका बैंकहरुलाई समय थप

५ बर्ष अगाडि

काठमाडौं–नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिस्कृत वित्तीय विवरण प्रकाशित गर्ने समय थप गरेको छ । 
सोमबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै १५ दिनको समय थप गरेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण शाखाहरुको कारोबार समेत गरी एकिकृत वित्तीय विवरण लगायत प्रमुख वित्तीय परिसुचकको विवरण हरेक त्रैमास सकिएको १५ दिनभित्र राष्ट्रिय दैनिकमा प्रकाशित गरेर राष्ट्र बैंकलाई पनि एकप्रति बुझाउनुपर्ने व्यवस्था छ । 
तर, यता वाणिज्य बैंकहरुलाई भने थप १५ दिनको समय दिइएको छ । हालसम्म दुई वटा वाणिज्य बैंकले मात्र चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । बाणिज्य बैंकहरुलाई आर्थिक वर्ष २०७४÷०७५ को चौथो त्रैमासदेखि २०७५÷०७६ को चौथो त्रैमाससम्म त्रैमास समाप्त भएको मितिले ३० दिनसम्मको समय वितिय विवरण प्रकाशनको लागि दिइएको छ । 
राष्ट्र बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण बनाउनुपर्ने  व्यवस्थाका कारण प्रतिवेद प्रकाशित गर्न ढिला भएको बैंकहरुले बताउँदै आएका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया