काठमाडौं – आज मङ्सिर १९ गते जनता र ग्लोबल आईएमई बैंकको सम्पूर्ण बैंकिंङ सेवा बन्द भएको छ । जसका कारण ग्राहक प्रभावित भएका छन् । कारण के हो त? धेरैले चाल समेत पाएका छैनन् । यद्यपी उनीहले जानकारी भने दिएका थिए ।
एकीकृत कारोबारका लागि सबै शाखा बन्द गरिएको हो । यही मंसिर २० गतेदेखि एकिकृत कारोबार गर्न लागेकाले डाटा माईग्रेसन प्रयोजनको लागि दुवै बैंकको सेवा प्रभावित भएको हो ।जस अनुसार आज जनता बैंकको सम्पूर्ण बैंकिंङ कारोबार बन्द छ । हिजो साँझ ६ बजेदेखि नै १९ गते राति १२ बजेसम्मको लागि बैंकको एटिएम, मोबाइल बैंकिंङ , इन्टरनेट बैंकिंङ सेवा बन्द छ ।
ग्लोबल आईएमई बैंकको पनि अतिरिक्त तथा सन्ध्या कालिन काउन्टर सेवा बन्द छ । जनता बैंकको जस्तै ग्लोबलको १८ गते साँझ ६ बजेदेखि १९ गते राति १२ बजेसम्मको लागि बैंकको एटिएम, मोबाइल बैंकिंङ , इन्टरनेट बैंकिंङ सेवा बन्द छ ।ग्लोबलको राजश्व काउन्टरबाट संचालन हुने आरएमआईएस सेवा भने निरन्तर चल्ने बैंकले जनाएको छ । दुवै बैंकको सम्पूर्ण सेवाहरु २० गतेबाट नियमित रुपमा सुचारु हुने छ ।
मर्जपछि ग्लोबल आईएमई बैंकको नामबाट सेवा हुने छ । मर्जपछि हाल जनता बैंकमा खाता रहेका ग्राहकको खाता नम्बर परिवर्तन हुने भएकोले ग्लोबलको जुनसुकै शाखामा गएर नयाँ खाता लिन बैंकले आग्रह गरेको छ । मोबाइल बैंकिंङको हकमा समेत जनताको साविककै युजर नेम र पासवर्डले काम गर्ने तर ग्लोबलको मोबाइल एप डाउनलोड गर्नु पर्ने बैंकले प्रष्ट पारेको छ ।
प्रतिक्रिया