झोलुङ्गे पुल निर्माण

४ बर्ष अगाडि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १२ भएर बग्ने वनहरा नदीमा रु एक करोड ८३ लाखमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
 
पुल निर्माण भएपछि स्थानीय बासिन्दाको आवागमन सहज बनेको छ । चारैतिरबाट नदी खोलाले घेरिएका चित्रपुर र तिलकी बस्तीका बासिन्दाको सुविधाका लागि पुल निर्माण गरिएपछि वर्षात्का बेला हुने अप्ठयारो हटेर गएको वडाध्यक्ष बाले रानाले बताए।

वर्षात्मा दोदा, वनहरालगायतका नदीको बहाव बढ्दा यस क्षेत्रका बासिन्दाको आवतजावत नै बन्द हुन्थ्यो । उनले भने, “पुल बनेपछि त्यो समस्या हटेको छ ।” नदीमा पुल नहुँदा वर्षात् आउनअगावै यस क्षेत्रका बासिन्दाले आवश्यक सामग्रीको जोहो गर्नुपथ्र्यो ।

गाउँमा बिरामी परे जोखिम मोलेर बाढी आएको नदी तर्नुपर्ने बाध्यता थियो । स्थानीय मङ्गल चौधरीले भने, “पुल निर्माणले त्यो सबै समस्या हटेर गएको छ ।” ठेकेदार कम्पनी थानी निर्माण सेवाले एक वर्षमा पुल बनाएको हो । पुलको लम्बाई २८३ मिटर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया