१३ औंँ साग : ब्याडमिण्टनको सेमीफाइनल समीकरण पूरा, नेपाल कास्यमा

४ बर्ष अगाडि

पोखरा रङ्गशालामा जारी तेह्रौंँ दक्षिण एशियाली खेलकुद ९साग० अन्तर्गत पोखरामा भएको ब्याडमिण्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमत भएको छ । ब्याडमिण्टन कोर्टमा भएको सेमिफाइनलमा सिङ्गल, डबल्स र मिक्स डबल्सतर्फका सबै प्रतिस्पर्धा गुमाएपछि नेपाल कास्यमा सीमित भएको हो । 

आजको सेमिफाइनलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलङ्काको डायस अङ्गोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ ले लगातार पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो । पुरुष सिङ्गलतर्फ नेपालका रत्नजित तामाङ भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उनी टण्डनसँग २१–१८, १४–२१ र २१–१८ ले पराजित भएका हुन। 

महिला सिङ्गलतर्फ भारतकी अस्मिता चलिदा श्रीलङ्काकी अचिनी निमेसिका रत्नाश्रीलाई २१–५ र २१–७ ले लगातार पराजित गर्दै उपाधि नजीक पुगे । सोही इभेण्टमा भारतकी गायत्री गोपीचन्दले श्रीलङ्काकी दिल्मी डायसलाई २१–१७ र २१–१४ ले लगातार पन्छाउँदै फाइनल यात्रा सुरक्षित गरे । मिक्स डबल्सतर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३ को सोझो सेटमा पराजित भए पनि काश्यमा सीमित भयो । 

महिला डबल्सतर्फ श्रीलङ्काका टी प्रमोदिका र के सिरिमाङ्गेको जोडीले भारतको मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ ले लगातार पराजित ग¥यो । पुरुष सिङ्गलतर्फ भारतका श्रील वर्माले श्रीलङ्काका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ ले लगातार पराजित गर्दै फाइनल भीडन्त पक्का गरीन । 

पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानको मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ ले लगातार पराजित गरेको छ । 

मिक्स डबल्सतर्फ श्रीलङ्काको  अङ्गोडा र टी प्रमोदिकाको जोडीले बङ्गलादेशको मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ ले लगातार पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । सोही इभेण्टको अर्को खेलमा श्रीलङ्काका रत्नाश्री कपुरु र यू को जोडीले भारतको कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ ले लगातार पराजित ग¥यो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया