१० दिन लामो उपचार पछि प्रधानमन्त्री डिस्चार्ज

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उपचारमा संलग्न चिकित्सक डा। अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका ओली १० दिनपछि बिहीबार डिस्चार्ज भएका हुन् ।

मंसिर १० गते प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । त्यसयता उनी अस्पतालमै स्वास्थ्यलाभ गर्दै आएका थिए ।

डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । अस्पतालमा उनी आधा घण्टाभन्दा बढी समयसम्म बसेकी थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया