मध्यपूर्वमा सेना पठाउन लागेको होइन– पेन्टागन

४ बर्ष अगाडि

अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मध्यपूर्वमा अमेरिकाले कम्तीमा पनि १४ हजार सैनिक पठाउन लागेको भनी आएको समाचार सत्य नभएको बताएको छ । 

उक्त समाचार सत्य नभएको भन्दै अमेरिकाले ती सेना मध्यपूर्वमा पठाउन नलागेको जनाएको छ । इरान विरुद्धको संघर्षका लागि अमेरिकाले ती सेना पठाउन लागेको भनी समाचार आएको थियो ।

पेन्टागनका प्रवक्ता अलिसा फराहले उक्त समाचारको खण्डन गरेका छन । उनले सो समाचारमा आएजस्तै अमेरिकाले त्यति ठूलो संख्यामा सेना मध्यपूर्वमा पठाउने विषयमा कुनै पनि तयारी नगरेको बताए । 

उनले ट्वीट गर्दै भनेका छन,– त्यो रिपोर्टिङ गलत छ, हामीले त्यहाँ सेना पठाउन लागेका छैनौँ । 

अमेरिकाको पत्रिका वाल स्ट्रिट जर्नलले बुधबारको आफ्नो अंकमा सो समाचार लेखेको थियो । उक्त समाचारमा अमेरिकाले इरानसँग लड्नका लागि ती सेना पठाउने तयारी गरेको लेखेको थियो । 

ट्रम्प प्रशासनले सो तयारी गरिरहेको र ती सेना मध्यपूर्वमा पठाउने बारेमा निर्णय भइसकेको भनी सो पत्रिकाले समाचार लेखेको थियो ।

सो पत्रिकाले लेखेको समाचार गलत भएको भन्दै पेन्टागनका प्रवक्ता फराहले आफ्नो ट्वीटमा अमेरिकी रक्षा मन्त्रालयको आधिकारिक भनाई भन्दै सो जानकारी गराएका थिए ।

यसका साथै उनले आफ्नो ट्वीटमा तर अमेरिकाले इराकमा सेना पठाउने तयारी भने गरेको जानकारी दिएका छन । 

अमेरिकी सिनेटर जस हलीले पनि यस समाचारको सत्यता के थियो भनेर अमेरिकी सरकारमाथि प्रश्न गरेका थिए। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया