नेपाल र भारतबिच विद्युत व्यापारका लागी धनुषामा निर्माणधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पुष भित्र निमार्ण सम्पन्न गरि संचालन गर्न गरि सबस्टेसनको काम भईरहेको हो ।
सबस्टेसन चार्ज भएपछि नेपाल भारतबिच एक हजार मेगावाट आयात निर्यात गर्न सकिने छ । सबस्टेसन नेपाल भारत बिच विद्येत आयात निर्यातका साथै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ४५६ मेगावाट सहज रुपमा राष्ट्रिय प्रसारण प्रणलीमा जोड्न मदत गनै नेपाल बिद्युत प्राधिकरणले बताएको छ ।
ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा संचालनमा छ । ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा संचालन हुनेछ ।
माथिल्लो तामकोसीबाट असारभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइने छ ।
सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको ट्रान्सर्फमर रहने छन् । जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् ।
नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ ।
प्रतिक्रिया