बजाजको डोमिनारको मूल्य ६० हजार घट्यो, नेपालमै बन्न थाले पाँच मोटरसाईकल

४ बर्ष अगाडि

बजाज कम्पनीले उत्पादन गरेको मोटरसाईकल डोमिनार ४०० को मूल्य रु ६० हजार घटाएको छ । 

कम्पनीले डोमिनारको नेपालमा उत्पादन सुरु गरेसँगै ६० हजार रुपैयाँ मूल्य घटाएको जनाएको छ । 

यसअघि नेपालमा ५ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको उक्त मोटरसाइकलको मूल्य घटेर ५ लाख २९ हजार ९ सयमा झरेको छ ।

पाँच मोटरसाइकल नेपालमै एसेम्बल

बजाजले आफ्ना थप पाँच प्रकारका मोटरसाईकलको एसेम्बल नेपालमै गर्न शुरु गरेको छ । 

चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्ममा पाँच नयाँ मोटरसाइकल नेपालमा एसेम्बल गर्न थालेको हो । 

बजाजका अनुसार पल्सर एनएस १६० एबीएस, एनएस २०० एबीएस, २०० एनएस एफआई, एनएस २०० एफआई तथा एबीएस र डोमिनार ४०० नेपालमै एसेम्बल हुन्छन् । 
जुन कम्पनीले ल्याएका नयाँ मोडल पनि हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया