सागः यस्तो छ बिहीबारसम्मको पदक तालिका

४ बर्ष अगाडि

काठमाडौँ । १३ औंँ सागमा भारतले अग्रता कायमै राखेको छ । बिहीबार भारतले स्वर्ण पदक संख्या ६२ पुर्याएको  छ । 
बिहीबार सार्वजनिक अन्तिम पदक तालिकाअनुसार भारतले नेपालले भन्दा २६ वटा बढी स्वर्ण पदक जितको हो । नेपालले ३६ स्वर्ण पदक जितेको छ । 
भारतले ४१ रजत र २१ कांस्य जित्दै कूल पदक १२४ वटा पाएको छ भने नेपाल २७ रजत र ३८ कांस्य गरी कूल १०१ पदक जित्दै दोस्रो स्थानमा छ । 
१७ स्वर्ण, ३५ रजत र ५५ कांस्य जित्दै तेस्रो स्थानमा रहेको श्रीलंकको कूल पदक १०७ वटा रहेको छ  भने पाकिस्तान १५ स्वर्ण, २३ रजत र २४ कांस्यसहित कूल ६२ पदक जितेर चौथो स्थानमा रहेको छ । 
बंगलादेश र माल्दिभ्स क्रमशः ४ र १ स्वर्ण जित्दै पाँचौ र छैटौँ स्थानमा रहेका छन् । जसमा बंगलादेशले ११ रजत र ४५ कांस्य पनि जितेको छ ।  यस्तै माल्दिभ्सले पनि थप स्वर्णसहित २ कांस्य जितेको छ । यता भुटानले भने मात्र ६ कांस्य पदकमात्रै जितेको छ । खेल मंसिर २४ सम्म जारी रहेनेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया