भारतले पुनर्निर्माणका लागि दिएको  ७५ करोड डलर अन्य क्षेत्रमा खर्च

४ बर्ष अगाडि

काठमाडौं – भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिएको ७५ करोड अमेरिकी डलर (रू.८६ अर्ब ६ करोड) को लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) पूर्वाधारका अन्य क्षेत्रमा लगानी गर्न नेपाल सरकारलाई सैद्धान्तिक अनुमति दिएको छ ।

२०७२ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनाका लागि भूकम्पलगत्तै काठमाडौंमा आयोजना गरिएको दाता सम्मेलनमा भारतले पुनर्निर्माणका लागि आप्mनो आयात–निर्यात ९एक्जिम० बैंकमार्फत १ अर्ब अमेरिकी डलर सहयोगको प्रतिबद्धता गरेको थियो, जसमध्ये ७५ करोड डलर सहुलियत कर्जा र २५ करोड डलर अनुदान थियो । तत्कालीन भारतीय विदेश मन्त्री सुषमा स्वराजले २०७२ असार ११ गते पुनर्निर्माणका लागि सहयोग जुटाउन नेपालले आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो सहयोगको प्रतिबद्धता गरेकी थिइन् । 

लाइन अफ क्रेडिटका शर्तहरू स्वीकारेर पुनर्निर्माणका सबै काम गर्न अप्ठ्यारो पर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएपछि सरकारले सो कर्जा अन्य क्षेत्रमा खर्च र उपयोग गर्न भारतलाई अनुरोध गरेको थियो ।
आर्थिक अभियानबाट

४ बर्ष अगाडि

प्रतिक्रिया