मध्यपहाडीले फेरी अर्को ठेक्का तोड्दै

४ बर्ष अगाडि

पुष्पलाल (मध्यपहाडी) राजमार्गले फेरी अको ठेक्का तोड्ने भएको छ ।  । 

समयमै काम नगर्ने ठेकेदारबाट धमाधम ठेक्का तोडेको लोकमार्गले चौरजहारीस्थित भेरीनदी पुलको ठेक्का तोड्न लागेको हो । 

राजमार्गको योजना कार्यालय दैलेखका अनुसार वाईपी कन्स्ट्रक्सनले  २०६९ असारमा लिएको ठेक्का २०७५ असारमा सक्नुपर्ने भएपनि केही काम गरेर अधुरो छाडेको छ । 

पहिला पनि काम गरेर अधुरो छोडेको ठेकेदार कम्पनीले पटक पटकको ताकेतापछि गत वैशाखबाट काम शुरु गरेर फेरी काम रोकेका छ । 

कार्यालयले ठेक्का तोडेर कालोसूचिमा राख्ने प्रकृया अगाडी बढाएकोले हालसम्म गरेको निर्माणको कार्यको नापजाँच तथा वित्तीय फरफारकका लागि १५ दिन भित्र सम्पर्क गर्न ठेकेदार कम्पनीलाई सूचना गरेको छ।

वाईपीले रु. १ ३  करोड ४ लाखमा उक्त पुलको ठेक्का लिएको थियो ।   

४ बर्ष अगाडि

प्रतिक्रिया