१३ देशका पर्यटन र यातायात विज्ञ नेपालमा भेला हुँदै

४ बर्ष अगाडि

नेपालको पर्यटन र यातायातलाई थप सुदृढीकरण गर्नका लागि काठमाडौमा अन्तर्राष्ट्रिय यातायात तथा पर्यटनसम्बन्धी बृहत् कार्यशाला हुने भएको छ। 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मंसिर मंसिर २७ र २८ गते काठमाडौंमा अन्तर्राष्ट्रिय यातायात तथा पर्यटनसम्बन्धी बृहत् कार्यशाला हुने भएको हो। 

नेपाल अटोमोबाइल्स एसोसिएसन र चिनियाँ हाइवे एन्ड ट्रान्सपोर्ट सोसाइटीको संयुक्त आयोजनामा  कार्यशाला गर्न लागिएको हो। 

१३ मुलुकका ३० भन्दा धेरै पर्यटन तथा यातायात क्षेत्रका विज्ञ र लगानीकर्ताको सहभागिता हुने गोष्ठीमा नेपालको यातायातलाई कसरी पर्यटनमैत्री गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने नेपाल अटोमोबाइल्स एसोसिएसका महासचिव तथा कार्यक्रम संयोजक आशिष गजुरेलले बताए । 

नेपालको सडक पर्यटनमैत्री छैनन् भन्ने अफ्वाह फैलिएकोले उक्त भ्रम चिर्नका लागि पनि यातायात र पर्यटक विशेष कार्यशाला गोष्ठी गर्न लागेको उनको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया