विद्यार्थीलाई तातो कपडा वितरण

४ बर्ष अगाडि

पछिल्लो समयमा निकै चिसो बढेसँगै सर्वसाधारणले बिहान र बेलुकी निकै सास्ती भोग्दै आएका छन् । एकैचोटी ह्वात्तै चिसो बढेकाले यहाँका बालबालिका, वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । 

चिसोबाट बच्नका लागि यहाँस्थित बडीमालिका नगरपालिका–७ ढम्कनेस्थित सरस्वती आधारभूत विद्यालयका २०० विद्यार्थीलाई टोपी र मोजा वितरण गरिएको छ । बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायको समन्वय र समाजसेवी दयाराम अग्रवालको सहयोगमा विद्यार्थीलाई चिसोबाट बच्नका लागि टोपी र मोजा वितरण गरिएको छ ।  

अत्यधिक चिसोका कारण विद्यार्थीको पढाइमा बाधा नपुगोस् भन्ने उद्देश्यले विद्यार्थीलाई टोपी र मोजा सहयोग गरिएको वडाध्यक्ष पाध्यायले बताए । चिसोकै कारण विद्यालयमा विद्यार्थी कममात्रामा विद्यालय आउने र आए पनि बीचैमा नपढेर घर फर्किने गरेकामा अहिले तातो कपडा पाएपछि विद्यार्थी नियमित आउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धाँमीले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया