देशकै ठूलाे बैंक बनेपछि ग्लोबल आइएमईले ताेक्याे नयाँ ब्याज दर, कुन खातामा कति ?

४ बर्ष अगाडि

ग्लोबल आइएमई बैंकले कर्जा तथा निक्षेप खातामा नयाँ व्याज दर निर्धारण गरेको छ । बैंकले बजत खाता, मुद्धत्ती खाता, र कर्जा वितरणमा नयाँ ब्याज दर निर्धारण गरेको हो ।

जनता बैंकसगँ गाभिएसगैँ बैंकले मंसिर २० गतेबाट लागु हुने गरी सो ब्याज दर निर्धारण गरेको छ ।

निर्धारण गरिएको ब्याजदर अन्तगर्त बैंकले २० प्रकारका विभिन्न खाता रहेको सामान्य बचत खातामा ०.७५ प्रतिशत देखी ४ प्रतिशत सम्म ब्याजदर कायम गरेको छ । उक्त खातामा नारी बचत, बालबालीका बचत, कर्मचारी बचत आदि रहेका छन् ।

त्यस्तैे मुद्धत्ती खाता अन्तर्गत बैंकले ८.५० प्रतिशत देखी ९.२५ प्रतिशत ब्याज दर कायम गरेको छ । बैंकले ४ प्रकारको मुद्धत्ती खाता रहेकोमा संस्थागत तर्फ ८.५० देखी ८.६० सम्म ब्याजदर निर्धारण गरोको छ भने व्यक्तीगत तर्फ ९.२५ ब्याजदर तोकेको छ ।

त्यस्तै बैंकले दिदैँ आएको १९ प्रकारका कर्जाहरुमा पनि नयाँ ब्याज दर निर्धारण गरेको छ । 

बैंकले दिने १९ प्रकारका कर्जाहरु मध्य  होम लोनमा १४.४४ प्रतिशत,अटो लोनमा १५.४४ प्रतिशत, एजुकेसन लोनमा १६.९४ र बाकीँ अन्य कर्जाहरुमा १०.९४ देखी २०.४४ प्रतिशत सम्मको ब्याजदर तोकिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया