मस्तिस्क पक्षघात स्यहार केन्द्रका लागि एभरेष्ट बैंकले दियो गाडी

४ बर्ष अगाडि

एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्याहार केन्द्रका लागि  गाडी हस्तान्तरण गरेको छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मस्तिष्क पक्षघात समूहको भक्तपुर सूर्यविनायक वडा नं. ४ स्थित चित्रपुर स्याहार केन्द्रका लागि गाडी हस्तान्तरण गरिएको हो । 

बैंकले स्थापना कालदेखिनै सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य, शिक्षा, तथा वातावरणिय संरक्षणका क्षेत्रमा विभिन्न च्यारिटी गर्दै आईरहेको एभरेष्ट बैंकका मार्केटिङ अधिकृत प्रभात गुरागाईंले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष डा. बालगोपाल बैद्य, बैंकका तथा सदस्य गजेन्द्र कुमार न्यागी, सृष्टि जोशी माली लगायत अन्य पदाधिकाको उपस्थिती थियो । 

उक्त गाडीका लागि मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालकी सल्लाहकार डा. चन्द्रलेखा तुलाधरले बैंकको  सूर्यविनायक शाखाबाट पहल गरेको चित्रपुर स्याहार केन्द्रकी अध्यक्ष ज्योति खतिवडाले जानकारी दिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया