एउटै जिल्लाबाट ३५ प्रतिशत लोकसेवाबाट अधिकृत सिफारिश

४ बर्ष अगाडि

लोक सेवा आयोगले लिएको स्थानीय तहको अधिकृत पदमा एउटै जिल्लाबाट ३५ प्रतिशतले नाम निकालेका छन् । 

आयोगको बुटवल कार्यालयले लिएको परिक्षामा एकैपटक गुल्मीबाट १९ जना सिफारिस भएका हुन् । 

प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन र लेखा समूहतर्फका कुल ५५ अधिकृत मध्ये गुल्मीबाट १९ जनाले नाम निकालेका हुन् । 

कार्यालयका अनुसार तीन सय २६ जना लिखित परिक्षामा सहभागी भएकोमध्ये १ सय ३८ जना उमेदवार उत्तिण भएका थिए । 

उनिहरुको अन्र्तवार्ता, सामुहिक परिक्षण, सूचना प्रबिधि सिप परिक्षण, लिखित परिक्षाको प्राताकंको आधारमा ५५ जना छनोट भएको आयोगले जनाएको छ । 

उमेद्धारको रोजाईको प्राथामिकताको आधारमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर १८ गते निर्णय गरी उनिहरुलाई स्थानीय तहमा सिफारिस गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया