कामना सेवाको साधारण सभा पुस १७ गते

४ बर्ष अगाडि

कामना सेवा विकास बैंकले आफ्नो १३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रदान गर्ने लाभांश प्रस्ताब पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि बैंकले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकको साधारण सभा पुस १७ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया