यो हो कामदारसँग तोकिएको भन्दा बढी शुल्क लिने म्यानपावर, प्रतिव्यक्ति सवा लाख सम्म लिएको खुलासा

४ बर्ष अगाडि

काठमाडौं – नेपाल सरकारले हवाई टिकट र भिषा समेत निःशुल्क हुने गरि संयुक्त अरब इमिरेट्ससँग श्रम सम्झौता गरेको छ । म्यानपावर कम्पनीहरूले पनि सोही बमोजिम नै कामदार विदेश लैजाने भनेर विज्ञापन गर्छन । तर, यथार्थमा भने म्यानपावर व्यववायीले विदेश जाने कामदारबाट लाखौं रूपैयाँ असुल गर्ने गरेको पाइएको छ ।
निःशुल्क कामदार लैजाने व्यवस्थामा भए पनि केही म्यानपावर कम्पनीले प्रतिव्यक्ति रू. १ लाख २५ हजारसम्म अवैधानिक रुपमा अशुल गरेको पाइएको हो । बैदेशिक रोजगार बिभागले काठमाडौं सिनामङ्गल स्थित रसुवा ओभरसिजमा आइतबार छापा मार्दा यस्तो अवस्था देखिएको हो । बिभागले छापा मार्दा म्यानपावर व्यवसायीले दुई जना कामदारसँग रू. १ लाख २५ हजार रकम बुझिसकेको अवस्थामा रंगेहात फेला पारेको छ । विभागले उक्त रकम बरामद गरेको छ । 
दुवईको तामायज इम्प्लोमेन्ट सर्भिसेजमा बिल्डङ लेवरमा मासिक ८०० दिराव तलवमा लैजाने सर्तमा आफूहरुसँग प्रति व्यक्ति रु. १ लाख २५ हजार मागेको भन्दै सुरेन्द राना मगर, वालकृष्ण गरञ्जा मगर, समिर गरञ्जा मगर, सन्त वहादुर गरञ्जा मगर र योग वहादुर गरुम्छानले उक्त कम्पनी विरुद्ध विभागमा उजुरी दिएका थिए । तोकिएकै शुल्कमा विदेश जान पाउ भनेर उनीहरुले उजुरी गरेका हुन् । सोही उुजुरीको आधारमा बिभागले रसुवा ओभरसिजमा छापा हानेको थियो । 
बिभागको टोली म्यानपावर कार्यलयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जित वहादुर वमजनले योग वहादुर गरुम्छान वाट रु. ७० हजार र सन्त वहादुर गरञ्जा मगरवाट रु १ लाख १० हजार वुझिसकेका थिए । वाँकी तीन जनासँग पनि बुझ्ने तरखरमा रहेको बेला बिभागको टोली त्यहाँ पुगेको थियो । अन्य तीन जनासँग यस भन्दा अघिनै जितवहादुर वमजनले रु. ३५ हजार वुझिसकेको र वाँकी रकम वुझाउनको लागि आइतवार म्यानपावर कार्यलय वोलाएका थिए । 
रकम लिनको लागि जित वहादुर वमजनलाई खटाएको संचालक सुवर्ण लामाले स्वीकार गरेका छन । बिभागका अनुसार पाँच जनामध्ये चार जनाको श्रम स्वीकृती आइसकेको छ । तर, म्यानपावरले भने जतिको रकम नदिएका कारण उनीहरुको हवाइ टिकट समेत उपलव्ध नगराइएको रहस्य पनि खुलेको छ । 
विभागको टोलीले पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र वढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराएको छ । साथै, पाँचै जनालाई वुधवारको टिकट म्यानपावरले उपलव्ध गराएको छ । बिभागले थप अनुसन्धानको लागि रकम वुझ्ने जितमान र म्यानपावर सञ्चालकलाई मंगलवार विभागमा उपस्थित हुन पत्र काटेको छ । 


बैदेशिक रोजगार बिभागले काठमाडौंको सिनामङ्गल स्थित रसुवा ओभरसिजमा आइतबार छापा मार्दा फेला पारेको रकम । 

४ बर्ष अगाडि

प्रतिक्रिया