गृहले माग्यो ६ सय कर्मचारी (विज्ञापनसहित)

४ बर्ष अगाडि

गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले विभिन्न ६ जिल्लामा दर्ता अपरेटरको माग गरेको छ।

सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो ।

राष्ट्रिय परिचय पत्र वितरणको प्रयोजनका लागि झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त माग गरिएको छ । यसैगरी संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जनाको माग गरिएको छ ।

आवेदन सम्बन्धित जिल्लामा १० रूपैयाँको टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ। यसरी नियुक्त हुने अपरेटरले दैनिक १२ सयका दरले तलब पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया